गरिबलाई परिचयपत्र : कार्डको प्रयोजन र प्रयोगबारे बेखबर जनता (भिडियो रिपोर्टसहित)

२०७९ माघ २ गते १७:३१
गरिबलाई परिचयपत्र : कार्डको प्रयोजन र प्रयोगबारे बेखबर जनता (भिडियो रिपोर्टसहित)

२ माघ २०७९ धनकुटा । धनकुटामा गरिब घर परिवार परिचय पत्र वितरण सुरु गरिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको सूचिमा परेकालाई परिचय पत्र वितरण सुरु गरिएको हो । तर गरिब परिचयपत्र पाएका व्यक्ति कार्डको प्रयोजन र प्रयोगबारे बेखबर छन् ।

साँगुरीगढी गाउँपालिकाका तीन सय ६५ घर परिवारलाई गरिव परिचयपत्र वितरण गरेर धनकुटा जिल्लामा गरिव परिचयपत्र वितरण सुरु गरिएको छ । २०७४ सालमा संकलित तथ्यांकलाई आधार बनाएर तयार पारिएको कार्ड वितरण कार्य सुरु गरिएको हो ।

धनकुटामा साँघुरिगढी गाउँपालिकाबाट वितरण सुरु गरिएको हो । तर गरिब परिचयपत्रले के हुन्छ र के गर्ने भन्नेबारे परिचय पत्र पाउनेहरुलाई नै थाहा छैन ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरिवलाई अति गरिव, मध्यम गरिव र सामान्य गरिव गरी तीन वर्गमा वर्गीकरण गरेको छ । जस अनुसार ९ सय २५ अति गरिब, १४ सय ८४ मध्यम र १२ सय ६४ जना अति गरिव श्रेणीमा दर्ता भएका छन् ।

ति गरिब परिचयपत्रको रंग रातो, मध्यम गरिब परिचयपत्रको रंग पहेँलो र सामान्य गरिब परिचयपत्रको रंग निलो छ । गाउँपालिकाले समेत कार्डको प्रयोजन र उपयोगिताबारे बुझाउन सकेको छैन । तर उनीहरू पनि यो परिचयपत्रले के गर्ने भन्नेमा अन्योल रहेको स्थानीयको गुनासो छ ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रकाशन गरेको गरिब परिवार सूचिकृत पुस्तिका अनुसार जिल्लाको स्थानीय तह अनुसार सबैभन्दा बढी धनकुटा नगरपालिकामा ८ सय ७५ गरिब परिवार छन् । त्यस्तै पाख्रिवास नगरपालिकामा ७ सय ९२, महालक्ष्मी नगरपालिकामा ५ सय ४८, छथरजोरपाटी गाउँपालिकामा २ सय ४५, सहिदभूमि गाउँपालिकामा ६ सय २१, चौविसे गाउँपालिकामा २ सय ७७ घरधुरी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *