इलामको सुकिलुम्बा विमानस्थलबाट पुन: हवाई सेवा सुरु हुँदै (भिडियो रिपोर्टसहित)

२०७९ पुष ३० गते २०:४२
इलामको सुकिलुम्बा विमानस्थलबाट पुन:  हवाई सेवा सुरु हुँदै (भिडियो रिपोर्टसहित)

३० पुस २०७९ इलाम । सात महिनादेखि बन्द रहेको इलाम–काठमाडौं हवाई सेवा पुनः सुरु हुने भएको छ ।

तारा एयरले उडान भर्न छोडेको सात महिनापछि सुकिलुम्बा विमानस्थलबाट नेपाल वायू सेवा निगम अन्तर्गतको नेपाल एयरलाइन्सले साप्ताहिक उडान भर्ने भएको हो । उडान भोलिबाट सुरु हुनेछ ।

तारा एयरले उडान भर्न छोडेको सात महिनापछि अब सुकिलुम्बा बिमानस्थलबाट नेपाल बायू सेवा निगम अन्तर्गतको नेपाल एयरलाइन्सले साप्ताहिक उडान भर्ने भएको छ । इलाम–काठमाडौं, काठमाडौं–इलाम हवाई सेवा सञ्चालनका लागि निगमले जिल्लामा एकजना सम्पन्न ब्यक्ति राखेको छ भने भाडादर समेत निर्धारण गरिसकेको छ ।

इलाम–काठमाडौँ प्रति व्यक्ति भाडादर ६३ सय रुपैंयाँ र काठमाडौं–इलाम प्रतिव्यक्ति भाडादर ६५ सय रुपैंयाँ निर्धारण गरिएको छ । यस्तै निगमले ७० बर्ष नाघेका जेष्ठ नागरिकलाई ५० प्रतिशत, २५ वर्ष ननाघेका विद्यार्थीलाई २५ प्रतिशत र २ वर्षदेखि १२ वर्ष उमेर समूहका बालबालिकालाई भाडादरमा २५ प्रतिशत छुट दिने सुबिधा समेत ल्याएको छ । माघ १ देखि सातामा एक उडान गर्ने सहमति एयरलाइन्ससँग गरिएको छ ।

यो विमानस्थलबाट गत फागुन देखि जेठ सम्म तारा एयरले १२ वटा उडान भरेको थियो । नेपाल नागरिक उडड्यान प्राधिकरण ९क्यान० बाट हवाइ उडानको अनुमति तारा एयरलाइन्सले लिएसंगै काठमाडौं–इलाम हवाई उडान–अवतरण हुँदै आएपनि जेठयता उडान बन्द भएको थियो । फेरि विमानस्थल सञ्चालनमा आउने भएसँगै इलामवासी खुसी भएका छन् ।

विमानस्थलबाट नियमित उडान भए इलाम, पाँचथर सहित भारतको, दार्जिलिङ, सिक्किमलगायतका यात्रुलाई हवाई यात्राका लागि सहज हुनेछ । २०६८ सालबाट निर्माण सुरु भएको बिमानस्थलबाट १० वर्ष पछि ब्यवसायिक उडान सुरु भएको थियो ।

विमानस्थलमा तारा एयरको १९ सिटे विमानले २०७५ साल जेठ २१ गते परीक्षण उडान गरेको थियोे । यस्तै नेपाल एयरलाइन्सको ट्वीनअटर विमानले गत माघ २६ गते परीक्षण उडान गरेको थियो । ३ सय २८ रोपनीमा निर्माण भएको विमानस्थलका लागि २०५८ सालमा प्रक्रिया सुरु भएपनि २०६७ चैत १३ मा शिलान्यास गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *