बाँकेका १७ वटा क्रसर उद्योग बन्द (भिडियो रिपोर्टसहित)
२०७९ पुष २७ गते १८:१५

२७ पुस २०७९ बाँके । बाँकेमा अबैध रुपमा संचालन हुदै आएका १७ वटा क्रसर उद्योग बन्द भएका छन् ।
गृह मन्त्रालयको निर्देशानुसार जिल्ला प्रशासन कार्यालय बाँकेले अवैध रुपमा संचालन हुँदै आएका १७ वटा क्रसर उद्योग बन्द गराएको हो ।
मन्त्रालयले कानून विपरीत दर्ता नगरी, सञ्चालन अनुमति नलिई वा नवीकरण नगरी सञ्चालनमा रहेका नदी जन्य उत्खनन कार्यमा संलग्न क्रसर उद्योगलाई तत्काल बन्द गर्न निर्देशन दिएको थियो ।
विकास निर्माण हुने मुख्य समय मै क्रसर उद्योग बन्द हुँदा सामग्रीको अभाव हुने व्यवसायीको गुनासो छ ।
२०७४ साल देखि विभिन्न राजनीतिक शक्ति केन्द्रको आडमा बाँकेमा अबैध रुपमा १७ वटा क्रसर उद्योग संचालन हुँदै आएका थिए ।
प्रतिक्रिया