युक्रेनमा आक्रमण गरिरहेको रूसद्वारा ३६ घण्टे युद्धविराम घोषणा
२०७९ पुष २२ गते ९:२७

२२ पुस २०७९ मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि ३६ घण्टा कुनै प्रकारको हमला नगर्न रक्षा मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।
आज दिउँसो १२ बजेदेखि भोलि राति १२ बजेसम्मका लागि रुसी राष्ट्रपति पुटिनले युद्धविरामको घोषणा गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यामले जनाएका छन् ।
रुसका ईसाई धर्मगुरु किरिलको अपिलका आधारमा राष्ट्रपति पुटिनले अर्थोेडक्स क्रिसमस पर्वका अवसरमा अस्थायी युद्धविराम घोषणा गरेको क्रेमलिनले जनाएको छ ।
अर्थोडक्स क्रिसमस रुस, ग्रीस, इथियोपिया, इजिप्ट लगायत पूर्वी युरोपका देशमा मनाइन्छ ।
प्रतिक्रिया