उद्योगबाट निस्किने धुँवाले वातावरण प्रदुषण गरेपछि स्थानीय हैरान (भिडियो रिपोर्टसहित)

२०७९ पुष १६ गते १७:२९
उद्योगबाट निस्किने धुँवाले वातावरण प्रदुषण गरेपछि स्थानीय हैरान (भिडियो रिपोर्टसहित)

१६ पुस २०७९ नवलपरासी पश्चिम । कुनै समय देशको गौरवका रूपमा रहेको पश्चिम नवलपरासीको सुनवलस्थित लुम्बिनी चिनी उद्योग अहिले नागरिकका लागि सास्ती बनेको छ ।

उद्योगबाट निस्किने धुँवाले वातावरण प्रदुषण गरेपछि स्थानीय हैरान भएका छन् । पटकपटक प्रदुषण नियन्त्रण गर्न गरेको आग्रहलाई बेवास्ता गरेपछि अहिले संघर्ष समिति नै बनाएर आन्दोलनमा उत्रिएका छन् ।

यो वर्षको उखु पेल्ने समय सुरु भएको छ । अर्थात् चिनी उद्योग बल्ल चलायमान हुन थालेको छ । नवलपरासी पश्चिमको सुनवलस्थित लुम्बिनी चिनी उद्योग सञ्चालनमा आएको छ । तर, नागरिक भने आक्रोशित छन् ।

चिनी उद्योगबाट निक्लिने प्रदुषणका कारण स्थानीयको स्वास्थ्यमा समस्या उत्पन्न भएपछि प्रदुषण नियन्त्रण हुने ग्यारेन्टी गर्न माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।

उद्योगको धूलोले खेतबारी लगाएका तरकारी खानलाई समेत असर गरेको छ । बालबालिकालाई खोकी लाग्ने, श्वासप्रश्वासमा समस्या हुने लगायतका समस्या देखा पर्न थालेका छन् ।

प्रदूषण नियन्त्रण गर्नुपर्ने लगाएतका विभिन्न माग राख्दै जिल्ला प्रशासन कार्यालयनमा ज्ञापनपत्र समेत बुझाएका छन् ।

विगतमा चिनी मिलका कारण बढेको प्रदूषणले आक्रान्त स्थानीयले प्रदूषण नियन्त्रणका लागि दवाव दिन संघर्ष समिति नै बनाएका छन् । यथास्थितिमा चिनी मिल सञ्चालन गरे संघर्षका जुनसुकै कार्यक्रम संचालन गर्ने चेतावनी समेत दिएका छन् ।

यता चिनी उद्योगले भने यो पटक प्रदुषणले समस्या नहुने दावी गरेको छ । वाटर फिटनेस प्लान्ट जडान गरिएकाले छिट्टै समस्या हट्ने जनाएको छ ।

२०६३ सालमा लुम्बिनी चिनी मिल र तत्कालीन सात राजनितिक दल र स्थानीय सरोकारवालाबीच भएको समझदारीको वास्ता नगरी उद्योग पुनः सञ्चालनमा आएपछि नागरिक आन्दोलित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *