लामिडाँडा विमानस्थल सञ्चालन नहुँदा करोडौं लगानीको होटलमा ताला (भिडियो रिपोर्टसहित)

२०७९ पुष १६ गते १७:००
लामिडाँडा विमानस्थल सञ्चालन नहुँदा करोडौं लगानीको होटलमा ताला (भिडियो रिपोर्टसहित)

१६ पुस २०७९ खोटाङ । कतै अंग्रेजी नयाँ वर्ष मनाउनेलाई स्वागत गर्न होटल तथा रेष्टुरेन्ट तयार भइरहँदा खोटाङमा भने होटल व्यवसाय बन्द हुने अवस्थामा पुगेको छ ।

जिल्लाको लामिडाँडा विमानस्थलमा उडान अवतरण नहुँदा करोडौँको लगानीमा खुलेका होटलमा ताला लागेको छ ।

खोटाङकै पुरानो विमानस्थल हो, लामिडाँडा । कुनै समय यो विमानस्थल एकदमै व्यस्त थियो । तर, सात वर्षदेखि यहाँ उडानअवतरण ठप्प छ ।

विमानस्थलबाट आन्तरिक तथा बाह्य पर्यटक नआउँदा व्यापार व्यवसाय गर्न खुलेका होटलमा धमाधम ताला लाग्न थालेको छ । विमानस्थल वरपरका होटल तथा पसल सुनसान छ भने कतिपयले त होटल नै बन्द गरेका छन् ।

२०२८ सालबाट धुले विमानस्थलका रूपमा चिनिएको यो विमानस्थलमा २०७३ मा कालोपत्रे सुरु गरियो । २०७५ सालमा कालोपत्रे सम्पन्न भयो । नेपाल नागरिक उड्डयन प्राधिकरणको ६ करोड ३४ लाख रुपैयाँमा कालोपत्रे भएपछि परीक्षण उडान पनि भयो । तर, त्यसपछि उडान हुन सकेन ।

कालोपत्रे गरेपछि विमानस्थलमा सीता एयरलाइन्सले दुई पटक र सेनाको जहाजले एक पटक उडान गरेको थियो । उडान नहुँदा बिरामी, अशक्तलाई उपचारमा अन्यत्र जान समस्या भइरहेको छ । लामिडाँडा विमानस्थलमा नियमित उडान भएमा धार्मिकस्थल हलेसी आउजाउ गर्ने पर्यटकलाई सजिलो हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *