Main News

विदेशबाट आफन्तलाई आउने उपहार मोबाइलमा ‘गिद्देनजर’ (भिडियो रिपोर्टसहित)

२०७९ पुष १३ गते २०:४७
विदेशबाट आफन्तलाई आउने उपहार मोबाइलमा ‘गिद्देनजर’ (भिडियो रिपोर्टसहित)

१३ पुस २०७९ काठमाडौं । विदेशबाट फर्कदा तपाईले आफ्ना साथीभाई वा आफ्न्तलाई मोबाइल फोन वा ल्यापटप उपहार ल्याईदिँदै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने पुस १५ देखि तपाईले ल्याउनु भएका ती सामान जफत हुनेछन् । यदि कसैगरी लुकाएर ल्याउनु भएको छ भने पनि मोबाइल चल्ने छैन ।

विदेशबाट फर्किँदा आफूले प्रयोग गरिरहेको भन्दा अतिरिक्त मोबाइल र एक थानभन्दा बढी ल्यापटप, क्यामेरा वा पेनड्राइभ ल्याउँदै हुनुहन्छ भने पुस १५ देखि अब त्यो जफत हुनेछ । कसैगरी तपाईले छलेर मोबाइल ल्याउनु भएको छ भने पनि सिम कार्ड राखेर प्रयोग गर्न थालेको १५ दिनपछि फोन वा म्यासेज गर्न सक्नु हुन्न ।

भन्सार कार्यालयहरुले अहिलेसम्म विदेशबाट फर्किनेले प्रयोग गरिरहेका बाहेक अतिरिक्त एउटा मोवाइल ल्याउन दिइरहेको छ । तर पुस १५ देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू हुदैछ ।

त्यो लागू भएपछि आफूले प्रयोग गरिरहेको मोबाइल पनि भन्सार विभागबाट प्रज्ञापनपत्रका आधारमा नेपाल दूरसंचार प्राधिकरणले एमडीएमएसमा दर्ता गरेर मात्रै चलाउन सकिने छ । यसले मोबाइल बजारलाई पूर्ण बैधानिक बनाउने दाबी छ ।

सामान्यतया विदेशबाट फर्कनेहरुले साथीभाई वा आफ्न्तलाई मोबाइल, ल्यापटप उपहार ल्याइदिने गर्छन् । यो व्यवस्था लागू भएपछि अब उनीहरुले पनि नेपालमै आएर मात्र खरिद गर्नुपर्ने हुन्छ ।

सामानको बिल हेरर भन्सार शूल्क बुझाएर छाड्नुपर्नेमा ल्याउनै नदिनुले उपभोक्ता माथि अन्यया हुनेछ । मोबाइल आयातकर्ताहरुको स्वार्थमा परेर सरकारले जसको रेमिट्यान्सले मुलुक चलेको छ उसैलाई अप्ठ्यारोमा पर्ने काम गरेको अधिकारकर्मीहरुको आरोप छ ।

व्यवसायीहरुका अनुसार नेपालमा अहिले करिब ४० प्रतिशत मोबाइल गैरकानुनी रुपमा भित्रिएर प्रयोग भइरहेको र त्यसले सरकारलाई हानी भइरहेको विश्लेषण छ । खुला सीमानाका कारण भारतीय सिमा क्षेत्रमा त झन चोरी गरेर ल्याइएको फोन समेत बिक्री हुने गरेकाले यो व्यवस्था कडाईका साथ लागू गर्ने तयारी सरकारको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *