ट्र्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु
२०७९ पुष १२ गते ७:२६

१२ पुस २०७९ बझाङ । बझाङमा ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ ।
जिल्लाको छविसपाथीभेरा गाउँपालिका–५ थलारामा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिनुभयो ।
हिजो साँझ करिब ८ बजेको समयमा ट्र्याक्टर दुर्घटना हुँदा छबिसपाथीभेरा–५ स्थायी ठेगाना भएका चालक मङ्गल धामी र सहचालक धनबहादुर ठगुन्ना रहेका छन् ।
झोलुङ्गे पुलका सामान लिएर गएको से२त २३४३ नंको उक्त ट्र्याक्टर उकालो सडकमा पछाडि सरेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया