माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

हिमालय टिभी
२०७९ पुष ११ गते ८:४२
माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

११ पुस २०७९ काठमाडौं । सरकारमा मन्त्रीको रूपमा जाने नेताहरूको बारेमा छलफल गर्न नेकपा माओवादी केन्द्रको बैठक अहिले बसिरहेको छ ।

बिहान ८ बजेदेखि पार्टी कार्यालय कोटेश्वरमा चलिरहेको बैठकमा सरकारमा जाने नेताको बारेमा छलफल भइरहेको एक नेताले बताए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

आजै बिहान ११ बजे सत्ता गठबन्धनमा रहेका दलहरूको बैठक बस्ने भनिए पनि निश्चित भइसकेको छैन । नवनियुक्त प्रधानमन्त्री प्रचण्डले आज दिउँसो चार बजे राष्ट्रपति भवन शीतलनिवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *