गुल्मीमा अटिजम विद्यालयले अभिभावकलाई दिएको खुसी (भिडियो रिपोर्टसहित)

२०७९ मंसिर २५ गते २१:०५
गुल्मीमा अटिजम विद्यालयले अभिभावकलाई दिएको खुसी (भिडियो रिपोर्टसहित)

२५ मंसिर २०७९ गुल्मी । नेपालमा अटिजम भएका बालबालिकाका लागि छुट्टै पाठशाला कम छन् । सामान्य बालबालिकाका लागि धेरै विद्यालय भएपनि अटिजम भएकालाई सहज अध्ययन गर्ने संस्था कम हुँदा धेरै बालबालिका पढाइबाट बञ्चित छन् ।

तर, गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा रहेको अटिजम विद्यालयमा भने अटिजम भएका बालबालिकाको उपस्थिति छ भने अभिभावक पनि खुसी छन् ।

गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ मा पाठशाला सञ्चालन भए पछि अटिजम भएका बालबालिकाको सिकाइ प्रभावकारी बन्दै गएको छ । बालबालिकाको सिकाइका लागि सहज होस् भनेर स्थानीय समाजसेवीको पहलमा २०७४ सालमा पाठशाला स्थापना गरिएकोे थियो ।

ब्यक्तिको निजी घरबाट सुरु भएको पाठशालालाई व्यवस्थित गर्नका लागि गाउँपालिका र लुम्बिनी प्रदेश सरकारको ६० लाख सहयोगमा ५ कोठासहितको भवन निर्माण बनेको छ । पाठशालामा नियमित आउने अटिजम भएका बालबालिकाको सिकाइमा समेत विस्तारै परिर्वतन देखिन थालेको छ । अटिजम भएका बालबालिका आफु मात्र पाठशाला आउन नसक्ने र सिकाई प्रभावकारी नहुने भएकोले अभिभावक पनि बालबालिकासँगै आउने र सिकाउने गर्दछन् ।

पाठशालामा अहिले १४ जना बालबालिकालाई ३ जना शिक्षक कर्मचारीले सिकाउँदै आएका छन् । पाठशालाले शिक्षक कर्मचारी सहयोगीका रूपमा राखेको छ । अटिजम भएका बालबालिकालाई सिकाउनका लागि पर्याप्त सामग्रीको अभाव छ । आवास नबन्दा बालबालिका र अभिभावकले समस्या भोग्नुपरेको छ । राज्यबाट भने त्यस किसिमको कुनै सहयोग नपाएको पाठशाला प्रशासनको भनाई छ ।

अटिजम भएका बालबालिकाको शारीरिक अवस्था सामान्य भए पनि सामाजिक सिप, सञ्चार सम्बन्धी सिप र सिकाइको क्षमता भने कम हुन्छ । त्यसैले उनीहरूलाई बौद्धिक बनाउन फरक पाठशाला अहिले अत्यावश्यक बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *