Main News
महानगरले उत्खनन् सुरु गरेर अलपत्र पारेको टुकुचाको अवस्था के छ ? (भिडियो रिपोर्टसहित)
२०७९ मंसिर २५ गते २०:५४

२५ मंसिर २०७९ काठमाडौं । काठमाडौं महानगरपालिकाले गत साउनमा काठमाडौंमा सडकलाई असर गर्ने गरी बनाइएका टहरा तथा तोकिएको बाहेकमा प्रयोग भएका सटरहरु भत्काउने अभियान थालेको थियो ।
त्यही मेसोमा भदौ ३० गते हात्तिसारस्थित जय नेपाल हल नजिक टुकुचा खोलामा महानगरले डोजर चलायो ।
सर्वत्र विरोध र अदालतमा मुद्दा परेपछि रोकिएको खोला खोतल्ने काम महानगरले अगाडि बढाउन त सकेन नै केही भाग खोतलेर छोडेको खोलाको भागसमेत अहिले लथालिंग अवस्थामा छ । महानगरले उत्खनन् सुरु गरेर अलपत्र पारेको टुकुचाको अवस्था के छ त ?
प्रतिक्रिया