चितवन राष्ट्रिय निकुञ्जको लापरवाहीले मारमा किसान (भिडियो रिपोर्टसहित)

२०७९ मंसिर २३ गते १७:४०
चितवन राष्ट्रिय निकुञ्जको लापरवाहीले मारमा किसान (भिडियो रिपोर्टसहित)

२३ मंसिर २०७९ नवलपुर । काठमाडौं र पोखरा पछि चितवनको सौराहा देशकै तेस्रो प्रमुख पर्यटकीय गन्तव्य हो । नवलपुरको छिमेकी जिल्ला चितवनमा आन्तरिक एवं बाह्य पर्यटक गैँडा लगायत जंगली जनावर हेर्नकै लागि चितवन राष्ट्रिय निकुञ्ज पुग्छन् ।

निकुञ्जमा पाइने गैँडा व्यवसायीका लागि आम्दानीको राम्रो माध्यम बनेको छ । तर, निकुञ्जको लापरवाहीले भने त्यस आसपासका किसान भने समस्यामा परेका छन् ।

चितवन राष्ट्रिय निकुञ्ज भित्र रहेको गैँडा हेर्न देशको विभिन्न स्थान सहित विदेशबाट समेत सौरहामा पर्यटक आउने गरेका छन् । मानिस हिड्ने सडकमै गैँडा हिँडेको हेर्दै खाजा खान पाउदा पर्यटक दंग पर्छन् । यसले सौराहामा पर्यटक मात्र बढेको छैन् होटल व्यवसायीको आम्दानी पनि बढेको छ ।

व्यवसायी यही गैंडालाई देखाएर पैसा कमाउँछन् । तर, चितवन राष्ट्रिय निकुञ्जले गैँडालाई नियन्त्रण गर्न नसक्दा चितवनसँगै नवलपुरको मध्यवर्ती नजिकका किसानलाई सधैँ दुःख दिने गरेको छ ।

किसान गैँडाको आतंकले बारी बाँझो राख्न बाध्य छन् । किसानले पटक पटक गुनासो गरेपनि सम्बन्धित निकाय मौन बसेको उनीहरूको गुनासो छ ।

पछिल्लो दुई महिनाको अवधिमा मात्र मध्यवर्ती एकसय जना किसान जंगली जनावरले बालिनाली नष्ट गरेको निवेदन लिएर चितवन राष्ट्रिय निकुञ्ज आएका छन् । यता, निकुञ्जले समेत किसानको समस्या समाधान गर्न विभिन्न योजना बनइरहेको दावी गर्दै आएको छ ।

निकुञ्जमा जनावरको संख्या बढ्नु प्रकृति र प्रर्यटकीय हिसाबले राम्रो मानिन्छ । तर यिनै जनावरका कारण बालिनालीमा पुग्ने क्षतिबाट भने किसान कहिले मुक्त होलान् ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *