अतिक्रमित सडकपेटी खाली गराउँदै नगरपालिका (भिडियो रिपोर्टसहित)
२०७९ मंसिर २० गते १६:४०
२० मंसिर २०७९ इनरुवा । सुनसरीको इनरुवा नगरपालिकाको कार्यालयले अतिक्रमित सडकपेटी खाली गराउन शुरु गरेको छ ।
पटक पटक सूचना जारी गर्दासमेत सडकपेटी खाली नगरेको भन्दै नगरप्रमुख केदार भण्डारीसहितको टोली डोजर लिएर सडकमा निस्किएको हो ।
व्यापारी र केही स्थानीयको अवरोधकाबीच नगरपालिकाको टोलीले अतिक्रमित सडकपेटी र सडकमा बनाइएका टहरा हटाउन थालेको छ ।
नगरपालिकाले सडक पेटी खाली गराउन ३५ दिने र अन्तिम पटक भन्दै ३ दिने सूचना जारी गरेको थियो ।
प्रतिक्रिया