नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा पहिलोपटक डायलासिस सेवा (भिडियो रिपोर्टसहित)
१७ मंसिर २०७९ नवलपुर । नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा पहिलोपटक डायलासिस सेवा सुरु भएको छ । डायलासिस सेवा जिल्लामा नै संञ्चालन भए पछि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ ।
मिर्गौला बिरामीका लागि जिल्ला अस्पताल डण्डामा ४ वटा उपकरण राखेर डायलासिस सेवा सुरु गरे संगै अहिले सहज भएको छ । अस्पतालको हाल रहेको दरबन्दीअनुसार डायलासिस सेवा नियमित गर्न सकिँदैन । हाल भरतपुर अस्पतालबाट आएका स्वास्थ्यकर्मीले यो सेवा सुरु गर्न सघाएका छन् ।
गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको ४ वटा उपकरण राखेर यो अस्पतालमा सेवा सुरु गरिएको हो । यो अस्पतालबाहेक नवलपुरका अन्य कुनै पनि निजी वा सरकारी अस्पतालमा डायलासिस सेवा छैन ।
गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको ४ वटा उपकरण राखेर यो अस्पतालमा सेवा सुरु गरिएको हो । पहिलो पटक कावासोतीको डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा यो सेवा सुरु गरिएपछि चितवन र काठमाडौँ जानपर्ने बाध्यताको अन्त्य भएको छ ।
अस्पतालले जनशक्ति व्यवस्थापनदेखि थप शय्या व्यवस्था गरेर जिल्ला भित्रका सबै बिरामीलाई मध्यविन्दु जिल्ला अस्पतालमै सेवा दिने गरी तयारी थालेको छ । अस्पतालले पहिलो शत्रको रुपमा अहिले ९ जना मिर्गौला रोगी बिरामीलाई मात्र सेवा दिएको छ ।
नवलपुरमा कम्तिमा ८० जना मिर्गौला रोगीलाई डायलसिसको जुरुरत छ । त्यसका लागि चार वटा मेसिन पूर्ण सञ्चालनमा ल्याउनुपर्ने छ । डायलाइसिस सेवामा मात्रै १० वटा शय्या सञ्चालनमा ल्याउनु पर्ने अस्पताल प्रशासनले जनाएको छ ।
डायलासिस सेवाका लागि कम्तीमा ६ जना दक्ष जनशक्तिको आवश्यकता छ । त्यसको दरबन्दीका लागि प्रदेश स्वास्थ्य मन्त्रालयसँग अनुरोध गरिएको अस्पतालले जनाएको छ । डायलासिस सेवा दैनिक पूर्ण क्षमतामा सञ्चालन गर्नका लागि विज्ञ स्वास्थ्यकर्मीको आवश्यकता पर्नेछ ।
प्रतिक्रिया