सर्लाही–१ प्रदेश (२) बाट एकीकृत समाजवादीकी लुङ्गेली विजयी

२०७९ मंसिर ७ गते १४:१२
सर्लाही–१ प्रदेश (२) बाट एकीकृत समाजवादीकी लुङ्गेली विजयी

७ मंसिर २०७९ सर्लाही । सर्लाही क्षेत्र नं १ प्रदेशसभा (२) मा नेकपा (एकीकृत समाजवादी)की बेची लङ्गेली प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ ।

उहाँले नेकपा एमालेकी शान्ति लामालाई फराकिलो मतान्तरले पराजित गर्दै दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

आज बिहान सार्वजनिक मतपरिणाअनुसार लामालाई छ हजार छ सय ९९ मतान्तरले पराजित गर्नुभएकी लुङ्गेलीले १३ हजार छ सय ७६ मत पाउनुभएको थियो । लामाले भने छ हजार नौ सय ७७ मत मात्र प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै स्वतन्त्रतर्फको जेब्रा चुनाव चिह्नबाट स्वतन्त्र उम्मेदवार राजनकुमार श्रेष्ठले पनि पाँच हजार नौ सय ४५ मत ल्याउनुभयो । जिल्लाको निर्वाचन क्षेत्र नं १ को (२) बाट अघिल्लो निर्वाचनमा नेकपा एमालेबाट विजयी हुनुभएकी लङ्गेली पार्टी विभाजन भएपछि नेकपा(एकीकृत समाजवादी) पार्टीमा लाग्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *