प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटमा आज पनि दुई खेल हुने

हिमालय टिभी
२०७९ कार्तिक २१ गते ९:१४
प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटमा आज पनि दुई खेल हुने

२१ कात्तिक २०७९ काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदैछन् ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदान र मुलपानी मैदानमा एक एक खेल हुनेछन् । टियु क्रिकेट मैदानमा हुने खेलमा मधेस प्रदेश र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ९ः३० बजे सुरु हुनेछ ।

मधेस आफ्नो तेस्रो खेलमा अपराजित यात्रा कायमै राखी सेमिफाईनल प्रवेश गर्न चाहन्छ । प्रतियोगिताबाट बाहिरिसकेको बागमती भने समूह चरणको आफ्नो अन्तिम खेलमा सान्त्वना जितका साथ प्रतियोगिता समाप्त गर्न चाहन्छ । यस समूहबाट नेपाल पुलिस क्लब सेमिफाईनल पुगिसकेको छ ।

मुलपानी मैदानमा हुने खेलमा कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताबाट बाहिरिसकेका दुवै टोलीबीचको खेल पनि बिहान ९ः३० बजे सुरु हुनेछ । यस समूहबाट नेपाल एपीएफ क्लब सेमिफाईनल पुगिसकेको छ ।

प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । क्यानले १० टोलीलाई दुई समूहमा विभाजन गरेको छ । हरेक समूहको शीर्ष दुई टोलीले सेमिफाईनलमा स्थान बनाउने छन् । प्रतियोगिताको विजेताले १० लाख नगद पुरस्कार पाउने छन् भने उपविजेताले ५ लाख पाउने छन् । सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार पाउने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *