Main News
पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना
२०७९ कार्तिक १५ गते ९:०६

१५ कात्तिक २०७९ काठमाडौं । आज दिउँसो देशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
पश्चिमी वायुको प्रभावले आज दिउँसो देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहेपनि बाँकी भूभागको मौसम भने सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै राति देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
प्रतिक्रिया