मौलिकता गुमाउँदै तिहारमा खेलिने देउसी भैलो (भिडियो रिपोर्टसहित)

२०७९ कार्तिक ९ गते १६:३७
मौलिकता गुमाउँदै तिहारमा खेलिने देउसी भैलो (भिडियो रिपोर्टसहित)

९ कात्तिक २०७९ दाङ । तिहारमा अहिले गाउँदेखि शहर झिलिमिली छ । तिहारको समयमा साथीभाइ आफन्त जम्मा भएर रमाईलो गर्दै देउसी भैलो खेल्ने परम्परा छ । तर, यो विस्तारै लोप हुँदै गएको छ ।

आधुनिकताले मौलिक देउसी भैलोको शैलीलाई मास्दै गएको भन्दै रुकुम पश्चिममा अहिले परम्परागत शैलीमा देउसी भैलो खेल्न थालिएको छ ।

तिहारमा दीप प्रज्वलन जत्तिकै महत्त्वपूर्ण पक्ष देउसी र भैलो पनि हो । परम्परागत गीतमा नृत्य गर्दै खेलिने देउसी र भैलोको मौलिकता भने केही वर्षयता भने हराउँदै गएको छ । तिहार शुरु भएसँगै टोल टोलमा देउसी र भैलो खेल्ने समूहले बालबालिकादेखि बुढापाकासम्मलाई मनोरञ्जन त दिएका छन् । तर आधुनिक शैली अङ्गाल्दा मौलिकता भने गुमाउँदै गएको छ ।

देउसी र भैलोमा बज्नुपर्ने मादल, खैँजडी र बाँसुरीको साटो अचेल रेकर्डेड पप, आधुनिक र र्‍याप गीत बज्न थालेका छन् । साथै, सोरठी र मारुनी जस्ता नृत्यको स्थान आधुनिक शैलीको नाचले लिएको छ । देउसी भैलो विकृतिका रुपमा देखिन थालेपछि रुकुम पश्चिमका वृद्धवद्धा र युवाले परम्परागत शैलीलाई पुस्तान्तरण गर्ने उद्देश्यका साथ मौलिक देउसी भैलो खेल्न थालेका छन् ।

विदेशी संस्कृतिको अनुशरण गरेपनि मौलिक देउसी–भैलोको खास, महत्व र मर्म भने हराउन दिन नहुने रुकुम पश्चिमका युवाको तर्क छ । मौलिक रूपमा संस्कृति जगेर्ना गर्न खेलिएको देउसी भैलोले आगामी दिनमा युवा पुस्ताले आधुनिक शैलीलाई त्याग्ने संरक्षणकर्ताहरूको अपेक्षा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *