कञ्चनपुर–४ मा चुनाव, भट्ट र बलायर कसको होला पल्ला भारी ? (भिडियो रिपोर्टसहित)

२०७९ कार्तिक ९ गते १५:५६
कञ्चनपुर–४ मा चुनाव, भट्ट र बलायर कसको होला पल्ला भारी ? (भिडियो रिपोर्टसहित)

९ कात्तिक २०७९ कञ्चनपुर । मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा कैलालीको क्षेत्र नम्बर ४ मा प्रतिष्ठाको लडाई हुँदैछ ।

एकातिर एमाले सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट, अर्कोतिर कांग्रेस प्रदेश सभापति वीरबहादुर बलायर प्रतिस्पर्धामा हुनुहुन्छ । सुदूरपश्चिमका यी दुई नेताबीच पहिलो पटक प्रतिस्पर्धा हुँदै गर्दा दुवैलाई लोक रिझ्याइँ आवश्यक बनेको छ ।

चुनाव प्रतिष्ठाको मात्र होइन राजनीतिक दलका नेताको राजनीतिक भविष्यसँग पनि जोडिन्छ । यो पटक कैलाली ४ मा लेखराज भट्ट र वीरबहादुर बलायरबीच पनि त्यही हुँदैछ । राजनीतिक विरासत जोगाउन पनि यो पटक यी दुईको टकरावलाई रोचक मानिएको छ ।

तीन पटक डोटीबाट चुनाव लडेका बलायर यो पटक कैलाली झरेका छन् । उता, पुख्र्यौली डोटी नै भएका भट्ट पनि कैलालीबाटै चुनावमा होमिएका छन् । भिडन्त रोचक अनुमान गरिरहँदा मतदाता भने कसलाई मत दिने भन्नेमा विलखबन्दमा परेका छन् । सधैँ आश्वासन मात्रै पाउने गरेको गुनासो गरिरहेका मतदाता यो पटक झुटमा भन्दा पनि तथ्य पर्गलेर मतदान गर्ने सोचमा छन् ।

चुनावी घरदैलोका क्रममा दुवै उम्मेदवारले प्रदेश राजधानी र विकास निर्माणको मुद्दालाई प्राथमिकतासाथ उठाइरहेका छन् । प्रदेशसभाले यसअघि नै गोदावरी राजधानी घोषणा गरिसक्दा पनि कार्यान्वयन प्रक्रिया अलपत्र छ ।

यसैलाई दुवैले चुनावी मुद्दा बनाएका छन् । यसअघि डोटीमा राजधानी हुनुपर्ने बताउँदै आएका बलायरले पनि अहिले गोदावरीलाई नै प्रदेश राजधानी बनाउने प्रतिबद्धता मतदातासमक्ष गर्न थालेका छन् । यही एजेन्डालाई प्रधान बनाएर दुवै उम्मेदवार आफ्नो जीत सुनिश्चित रहेको दावी गर्छन् ।

बाम गठबन्धनबाट २०७४ मा करिब ११ हजार मतान्तरले जितेका भट्टले कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवारको सामना गर्नुपर्ने भएको छ । स्थानीय तहको मत परिणामका आधारमा एमाले गठबन्धन दलको कुल मतभन्दा झन्डै १५ हजार मतले पछाडि छ । त्यसैले पनि मतदाताको सोच र उम्मेदवारको एजेन्डाले यो पटक कैलाली ४ बाट प्रतिनिधित्व गर्ने पात्र तय हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *