सम्भावना भएर पनि पूर्वाधार नबन्दा प्रदेश–१ मा गति लिएन पर्यटन व्यवसायले (भिडियो रिपोर्टसहित)

२०७९ कार्तिक ८ गते १६:५६
सम्भावना भएर पनि पूर्वाधार नबन्दा प्रदेश–१ मा गति लिएन पर्यटन व्यवसायले (भिडियो रिपोर्टसहित)

८ कात्तिक २०७९ पाँचथर । प्रदेश एकलाई पर्यटन विकासको राम्रो सम्भावना भएको प्रदेशका रूपमा लिइन्छ। तर, आवश्यक पूर्वाधारको कमीका कारण पर्यटन विकासले गति लिन सकेको छैन ।

पर्यटन व्यवसायीहरू आवश्यक पूर्वाधार नहुँदा आन्तरिक तथा बाह्य पर्यटक आगमनको अवस्था कमजोर रहेको बताउने गरेका छन् ।

पाँचथरका पौवाभञ्याङ, सिलौटि, सुकेपोखरी, साधुटार, लोहाकिल क्षेत्र निक्कै सुन्दर देखिएका छन् । पौवाभञ्याङबाट कञ्चनजंघा, कुम्भकर्ण, सगरमाथा, मकालु लगायतका हिमाल हेर्दै रमाउन सकिन्छ । साधुटारबाट पोखरीमा हिमाल टल्किएको देखिन्छ । तर पर्यटन विकासका लागि एकीकृत योजना बनाएर काम नगर्दा घरेलु पर्यटकीय क्षेत्रमा पर्यटन प्रवद्र्धन हुन सकेको छैन् ।

आकर्षक भुगोलका कारण सुन्दर देखिएपनि सडक, पर्यटक पूर्वाधारको विकास तथा सुविधाको विस्तार हुन सकेको छैन । मौसम खुलेर घुम्ने सिजन सुरु भएपनि गन्तव्यमा पुग्ने सडक समेत मर्मत हुन सकेको देखिदैन ।

पाँचथरमा घुम्नलाई डाँडा राम्रा छन् । तर, खानपान, वासस्थानको राम्रो प्रवन्ध हुन सकेको छैन । भएका विकास पनि प्रकृति मैत्रि छैन । कुमारी डाँडामा पदयात्रा गर्न सकिने उपयुक्त ठाउँ छन् । तर पर्याप्त काम हुन नसक्दा बृहत्तर पर्यटन विकासको काम हुन सकेको छैन ।

मेचीराजमार्गका आसपासमा रहेका यि क्षेत्रको विकासका लागि पहल गर्नेहो भने आन्तरीक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्न सकिने जिल्लावासीको भनाई छ ।

प्राकृतिक रुपमा सुन्दर देखिएका क्षेत्रमा पर्यावरणलाई नबिगारी पूर्वाधार विकास तथा सुविधा विस्तारमा ध्यान दिने हो भने बर्षेनी ठुलो संख्यामा पर्यटक भित्रिने जिल्लावासीको दावी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *