Main News

एमाले अध्यक्ष ओलीले आज सर्वसाधारण नागरिकसँग टेलिफोन कुरा गर्ने

हिमालय टिभी
२०७९ कार्तिक ४ गते ९:०९
एमाले अध्यक्ष ओलीले आज सर्वसाधारण नागरिकसँग टेलिफोन कुरा गर्ने

४ कात्तिक २०७९ काठमाडौं । आगामी निर्वाचनमा आफ्नो पक्षमा मतदान गर्न भन्दै राजनीतिक दलहरूले प्रचारप्रसारलाई तीव्रता दिइरहेका छन् ।

कतिपय राजनीतिक दल र उम्मेदवार घरदैलो अभियानमा व्यस्त छन् भने कतिपयले सामाजिक सञ्जालमार्फत अन्तरक्रिया गरिरहेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने आज सर्वसाधारण नागरिकसँग टेलिफोन संवादको तयारी गर्नुभएको छ ।

अध्यक्ष ओलीको सचिवालयका अनुसार १ लाख ७१ हजारभन्दा धेरैले कुराकानीका लागि नाम र नम्बर टिपाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *