एउटै खाल्डोमा पुरेको अवस्थामा किशोर–किशोरीको शव फेला

हिमालय टिभी
२०७९ असोज ३० गते १७:५७
एउटै खाल्डोमा पुरेको अवस्थामा किशोर–किशोरीको शव फेला

३० असोज २०७९ दाङ । दाङमा एउटै खाडलमा पुरिएको अवस्थामा किशोर–किशोरीको शव फेला परेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ दमार गाउँको जंगलमा स्थानीय १४ वर्षीय शरद आचार्य र १५ वर्षीया रोशनी महतराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिनुभयो ।

उनीहरु तीन दिनअघि घरबाट हराएका थिए । उनीहरुको शव आज जंगलमा गाडिएको अवस्थामा फेला परेको हो ।

घटना शंकास्पद भएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *