बाजुरामा अझै पनि हलिया प्रथा उन्मुलन भएन (भिडियो रिपोर्टसहित)

२०७९ असोज २९ गते १८:०२
बाजुरामा अझै पनि हलिया प्रथा उन्मुलन भएन (भिडियो रिपोर्टसहित)

२९ असोज २०७९ बाजुरा । सरकारले २०६५ साल भदौ २१ गते मुक्त हलिया घोषणा गर्‍यो । तर, बाजुरामा भने अझै पनि हलिया प्रथा उन्मुलन हुन सकेको छैन ।

बाजुराको बुढीनन्दा नगरपालिका, हिमाली, जगन्नाथ र स्वामिकार्तिके गाउँपालिकामा अझै हलिया प्रथा छ । बर्षौ देखि जिल्ला हलिया मुक्ति समाज, केयर नेपाल, पुस बाजुरा नामक गैर सरकारी संस्थाले हलियाका क्षेत्रमा काम गर्दै आएका छन् ।

हलियाका नाममा करोडौ बजेट खर्चेको भएपनि अवस्था उस्तै छ । जिल्लाको पिपलडालिमा दलित समूदायका ८ परिवार बसोबास गर्दै आएका छन् । सबै जना अहिले गैर दलित कहाँ हलिया बसेका छन् । सरकारले हलिया मुक्त घोषणा गरेको भएपनि पुर्नस्थापना नगर्दा हलिया बस्न बाध्य भएको उनीहरूको गुनासो छ ।

बाजुरामा १७ सय भन्दा बढी हलिया रहेको जिल्ला हलिया समाज बाजुराले जनाएको छ । सरकारले गरेको तथ्याङ्क संकलनमा पनि १ हजार ६ सय ३४ जना हलिया रहेको उल्लेख छ । तर, प्रमाणिकरण भने १३ सय ११ जनाको मात्रै भएको छ ।

सरकारले हलीयासँगको सम्झौता अनुसार हलिया मुक्त घोषणा तुरुन्तै गर्यो । र, बाँकी सहमति अनुसार साहुबाट लिएको ऋण मिनाहा, पुर्नस्थापनाको व्यवस्था, मूक्तिपछि आइपर्ने सुरक्षा व्यवस्था लगायतका कुरा भने अझै कार्यान्वयन हुन सकेको छैन ।

शिक्षा स्वास्थ रोजगारी त टाढाको कुरा । पुस्तौदेखि खानेपानी लगायतका आधारभूत आवश्यकताबाट समेत बाजुराका हलिया समुदाय वञ्चित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *