मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

२०७९ असोज २८ गते ८:०७
मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

२८ असोज २०७९ पाल्पा । रामपुर नगरपालिका–५ सानीअमराईमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । रामपुर–५ बेझाड बजारकी ७० वर्षीया कोपरी दमिनीको गए राति मृत्यु भएको हो ।

उपचारका लागि तानसेन लैजाँदै गर्दा दमिनीको रम्भा गाउँपालिका–१ हुँगीमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । कालीगण्डकी करिडोर सडकअन्तर्गत सानीअमराईमा रामपुरबाट स्याङ्जाको दामाचौरतर्फ जाँदै गरेको लु६८प ९९९४ नंको मोटरसाइकलले बाटोमा हिँडिरहेको अवस्थामा उनलाई ठक्कर दिएको हो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते उनलाई रामपुर अस्पतालमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज तानसेन सिफारिस गरिएको थियो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *