अहिलेसम्म संचार सुविधा नै नपुगेको बाजुराको गौमुल (भिडियो रिपोर्टसहित)

२०७९ असोज २५ गते १८:३९
अहिलेसम्म संचार सुविधा नै नपुगेको बाजुराको गौमुल (भिडियो रिपोर्टसहित)

२५ असोज २०७९ बाजुरा । बाजुराको गौमुल गाउँपालिकामा अहिलेसम्म सञ्चार सुविधा पुगेको छैन । स्थानीय सरकारको दोस्रो कार्यकाल सूरू हुँदासम्म पनि पालिकाबासी सञ्चार सुविधा पाउनबाट वञ्चित भएका छन् ।

बाजुराको गौमुल गाउँपालिकामा टेलिफोनको सहज पहुँच छैन । स्थानीय सबैका हातहातमा मोबाईल छन् । तर मोबाईलमा नेटवर्क आउँदैन । आफन्तलाई फोन गर्न पनि अग्ला डाँडामा चढ्नु पर्ने बाध्यता छ ।

गाउँपालिकामा सरकारी टेलिफोन सेवा प्रदायक कम्पनीले दुर्गममा सेवा विस्तार नगर्दा टेलिफोनबाट आफन्तसँग कुरा गर्ने स्थानीयको धोको पूरा हुन सकेको छैन । कोही बिरामी परेर एम्बुलेन्स बोलाउन पनि उस्तै कठिन छ ।

गाउँपालिकाले भने सञ्चारमा सबैको पहुँच पुर्‍याउन विभिन्न निकायसँग पहल गरिरहेको दावी गरेको छ ।

पूर्वाधार विकासको क्षेत्रमा अन्य पालिकाको तुलनामा गौमुल अगाडि मानिन्छ । पालिकालाई जिल्लाकै समृद्ध पालिकाका रूपमा समेत लिने गरिएको छ । तर, सञ्चार सुविधाबाटै वञ्चित हुनु गौमुलवासीका लागि पीडादायी बन्ने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *