कर्णालीका सडकको दुरावस्थाका कारण नागरिकले दुःख भोग्दै (भिडियो रिपोर्टसहित)

२०७९ असोज २५ गते १६:२६
कर्णालीका सडकको दुरावस्थाका कारण नागरिकले दुःख भोग्दै  (भिडियो रिपोर्टसहित)

२५ असोज २०७९ काठमाडौं । कर्णाली प्रदेशको राजधानी सुर्खेतका पश्चिम क्षेत्रका धेरै ठाउँमा अझै पनि सडक सुविधा पुगेको छैन । कतिपय ठाउँमा सडकको दुरावस्थाका कारण नागरिकले दुःख भोग्दै आएका छन् ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतका पश्चिमा क्षेत्रमा सहज रूपमा यातायातका साधन गुड्न सक्दैनन् । सडकको आवश्यक ममर्तसम्भार नहुँदा नागरिकले बाह्रै महिना कष्टकर यात्रा गर्न बाध्य छन् । पश्चिम सुर्खेत जोड्ने यो सडक २९ वर्षदेखि यस्तै छ ।

निर्वाचनका बेला हरेक पार्टी र नेताले पश्चिम सुर्खेतको सडक, खानेपानी र विद्युतलाई चुनावी एजेन्डा बनाए । तर, तीन दशकदेखि पश्चिम सुर्खेत चुनावी मुद्दामै सीमित भएको छ । चुनाव आउँदा सधैँ चर्चामा हुने भए पनि सडकको स्तरोन्नती भने कहिल्यै हुन सकेन ।

सडक सुविधा भरपर्दो नभएपछि अहिले पनि पश्चिम क्षेत्रका कतिपय स्थानबाट वीरेन्द्रनगर आउन एकदिन लाग्ने गरेको छ । नजिकैको दूरीमा पनि कच्ची र हिलाम्मे सडकले यात्रा निकै असहज हुने गरेको छ । सडक सुधारमा तीनै तहका सरकारले चासो नदिएपछि अहिले नागरिकले दुःख भोगिरहेका छन् ।

बड्डिचौर–बेनिघाट सडक निर्माण सुरु भएको झन्डै तीन दशक पुगेको छ । विसं २०५० सालमा सडक निर्माण थालिए पनि हालसम्म स्तरोन्नति हुन नसक्दा सुर्खेतको बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकाका बासिन्दाको दैनिकी कष्टकर बन्ने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *