Main News
सत्ता गठबन्धनको बैठक आज पनि बस्दै
२०७९ असोज २० गते ९:३०

२० असोज २०७९ काठमाडौं । मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँडका बारेमा छलफल गर्न सरकारमा रहेका दलहरूको बैठक आज पनि बस्दैछ ।
आजको बैठकमा सहमतिमा हस्ताक्षर हुने सम्भावना रहेको एकीकृत समाजवादी पार्टीका नेता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशको केही सिटको बारेमा थप छलफल भएपछि सहमतिपत्रमा हस्ताक्षर गरिनेछ ।
सरकारमा रहेका दलहरूले सिट वितरणमा सहमति नगर्दा नेकपा एमालेले ुनावी तालमेलका लागि दलहरूसँगको संवादलाई निरन्तरता दिए पनि कुनै निर्णय गरेको छैन ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले एमालेसँग आफूहरूको निरन्तर छलफल भइरहेको बताउनुभयो ।
प्रतिक्रिया