१ सय ४५ वर्षदेखि मञ्चन हुँदै आएको रामलीलाले यो वर्ष पनि पायो निरन्तरता (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असोज १५ गते १४:३१
१ सय ४५ वर्षदेखि मञ्चन हुँदै आएको रामलीलाले यो वर्ष पनि पायो निरन्तरता (भिडियो रिपोर्टसहित)

१५ असोज २०७९ बाँके । १ सय ४५ वर्षदेखि नेपालगञ्जमा मञ्चन हुँदै आएको रामलीलाले यो पटक पनि निरन्तरता पाएको छ ।

दशैंको घटस्थापनादेखि विजयादशमीसम्म देखाइने रामलीलाले नेपालगञ्जलाई दशैँमय बनाएको हो । भारतको वृन्दावनबाट आएका २१ जना भारतीय कलाकारको समूहले नेपालगञ्जमा रामलीला मन्चन गरिरहेका छन् ।

नेपालगञ्जका साथै सीमावर्ती गाउँबाट पनि रामलीला हेर्न आउने दर्शकको संख्या बढ्दै गएपछि रामलीला सञ्चालक समितिका सदस्य उत्साहित छन् ।

समितिले दाताबाट चन्दा संकलन गरेर कलाकारको पारिश्रमिकदेखि खाने, बस्ने र मञ्च व्यवस्थापन गर्दै आएको छ । एक वर्ष रामलीला सञ्चालनका लागि करिब १५ लाख रुपैँया खर्च लाग्ने अनुमान छ ।

भगवान् रामको आदर्श र मर्यादा हिन्दू धर्मावलम्बीका लागि निक्कै महत्वपूर्ण मानिन्छ । भगवान रामले आफ्ना प्रजाका लागि गरेको त्याग, परिवारप्रतिको समर्पण र एउटा राजाले प्रजालाई गर्ने व्यवहारलाई कलाकारले नाट्य शैलीमा प्रस्तुत गर्दछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *