राजनीति

बाहिरियालाई भित्र्याएर नेपालीलाई धरापमा पार्ने षड्यन्त्र भइरहेको पूर्वराजा शाहको दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असोज १४ गते १३:१८
बाहिरियालाई भित्र्याएर नेपालीलाई धरापमा पार्ने षड्यन्त्र भइरहेको पूर्वराजा शाहको दाबी (भिडियो रिपोर्टसहित)

१४ असोज २०७९ काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले दशैंको शुभकामना दिंदै व्यवस्था र सत्ता स्वार्थले प्रेरित गठबन्धन प्रति असन्तुष्टि जनाउनु भएको छ ।

भिडियोमार्फत् जारी सन्देशमा पूर्वराजा शाहले पद लोभ, सत्ता स्वार्थ र भागबण्डामा राजनीति केन्द्रित हुँदै गएको टिप्पणी गर्नुभएको हो ।

त्यस्तै नागरिकता विधेयकतर्फ संकेत गर्दै बाहिरियालाई भित्र्याएर वास्तविक नेपालीलाई धरापमा पार्ने प्रपञ्च गरिएको उहाँको दाबी छ।

उहाँले नेपाल देशी विदेशीको क्रीडाभूमि भएको गुनासो गर्दै सनातनी मूलभूत महिमालाई बिथोलेर, केही संरचना बदलेर सुन्दर नौलो नेपाल नबन्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्