हेटाैँडाकाे फुटपाथ व्यापारीकाे कब्जामा (भिडियो रिपोर्टसहित)

२०७९ असोज १२ गते २१:०४
हेटाैँडाकाे फुटपाथ व्यापारीकाे कब्जामा (भिडियो रिपोर्टसहित)

१२ असोज २०७९ हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौँडा जति सानो छ त्यति नै सडकपेटी पनि साँघुरो छ । तर, त्यही सडकपेटी पनि व्यापारीले अतिक्रमण गर्दा हेटौँडावासी सडकपेटीबाट हिँड्न पनि पाउँदैनन् ।

यो हो, बागमती प्रदेशको राजधानी हेटौंडा । यहाँका मुख्य बजारकै सडक साँघुरा छन् । सडकपेटी पनि उस्तै साँघुरो छ ।त्यसैमा ब्यापारीले सडकपेटी अतिक्रमण गरेर ब्यापार गरिरहेका छन् । सम्बन्धित निकायको बेवास्ताका कारण हेटौंडाका सडकपेटि वर्षौंदेखि व्यापारीको कब्जामा छ । सर्वसाधारणले सडकपेटीको प्रयोग गर्न पाउदैनन् ।

हेटौंडाको मुख्य बजार सीमा चोकदेखि बुद्धचोक, बुद्धचोकदेखि पुर्व राप्ति रोड, पश्चिममा कान्तिराज, पिपलबोट, बसपार्कलगायतका मुख्य बजार क्षेत्र व्यापारीले अतिक्रमण गरेर बसेका छन् । अझ चाडपर्व नजिकिए पछि त व्यपारी सडकसम्म सामान निकालेर बेच्ने गर्छन् ।

फलफूल, भाडा, कपडा पसलदेखि हार्डवेयर व्यवसायीसम्मले सामान सडक पेटी ढाकेर राख्ने गरेका छन् । कतिपयले पेटीमै ढलान गरेर छाप्रो हालेर ब्यापार समेत गरिरहेका छन् । तर कोही यसकाविरुद्ध बोल्न चाहँदैनन् ।

सडकपेटी अतिक्रमणबारे हेटौंडा उपमहानगरपालिकालाई पनि राम्रो संग ज्ञान छ । यहाँका नगर प्रहरी दिनहु गाडी लिएर ओहोरदोहोर गरिरहन्छन् । साग बेचेर बस्ने, ठेलामा मकै पोल्ने, साइकलमा फलफूल बोकेर डुलाउने जस्तालाई भने बेलाबेला उपमहानगरको नगर प्रहरीले नियन्त्रणमा लिने गर्दछन् । तर, सडकपेटीमा सर्वसाधारण हिड्नै समस्या हुनेगरी बसेका व्यवसायीलाई भने कुनै कारवाही गर्न सक्दैन ।

काठमाडौंमा मेयर बालेन्द्र साहले गरे जस्तै अनाधिकृत रुपमा बनेका संरचना र सडकपेटी अतिक्रमण हेटौंडा उपमहानगरपालिकाले पनि तत्काल हटाउनुपर्ने पर्ने भन्दै आवाज पनि उठेका थिए । तर निर्वाचित भएर आएको १ सय ५० दिन बितिसक्दा पनि यसप्रति हेटौंडा उपमहानगरपालिकाका मेयर९उपमेयरले खासै चासो देखाएका छैनन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *