बाजुराको बुढीगंगा नगरपालिकाको बजार क्षेत्र नै बन्यो अव्यवस्थित पार्किङ्ग (भिडियो रिपोर्टसहित)

२०७९ असोज १२ गते १७:५०
बाजुराको बुढीगंगा नगरपालिकाको बजार क्षेत्र नै बन्यो अव्यवस्थित पार्किङ्ग (भिडियो रिपोर्टसहित)

१२ असोज २०७९ बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकास्थित बजार क्षेत्रमा गरिने अव्यवस्थित पार्किङले गर्दा बजार क्षेत्र दिन प्रतिदिन कुरुप बन्दै गएको छ । बसपार्क नहुँदा बजार नै पार्किङ गर्ने थलो बन्दा बजार क्षेत्र अव्यवस्थित बनेको छ ।

बाजुराको बुढीगंगा नगरपालिका ६ मा रहेको बम्का बजारमा अनेक समस्या छन् । पार्किङको समस्या देखि खानेपानी अभाव यहाँको प्रमुख समस्या बनेको छ । मुख्यतः बजार अव्यवस्थित पार्किङले भरिएको छ । बजार व्यवस्थापन समितिका अनुसार बजारमा कुल १ सय ५० वटा पसल छन् । बीचमा प्रमुख सडक साँफेमार्तडी खण्ड छ ।

सडकको तल र माथि दुवै तिर पसल छन् । यो बजार बडिमालिका नगरपालिका, त्रीवेणी, बुढिगंगा र खप्तड छेडेदह गाउँपालिकाबाट उपभोक्ता आउने गर्छन् । दैनिक हजारौंको संख्यामा बजारमा मानिसहरू आवतजावत गर्ने गर्दछन् ।

जताततै यत्रतत्र छरिएका गाडीहरू, जताततै फोहरै फोहोरले बजार निकै दुर्गन्धित बन्न पुगेको छ । बजारलाई व्यवस्थित बनाउनका लागी सम्बन्धित स्थानीय सरकारले ध्यान नदिएको व्यापारीको गुनासो छ ।

बजारलाई व्यवस्थित बनाउनका लागि धेरै पटक पहल गरेको भएपनि त्यो सम्भव भएको पाइँदैन ।

बाम्का बजारलाई मात्र नभई नगरपालिका भित्र रहेका सबै अव्यवस्थित बजार व्यवस्थित बनाउन आवश्यकता टड्कारो छ । तर, जनप्रतिनिधि भने बल्ल निर्देशिका बनाउन लागेको छ ।

प्रदेश सरकारबाट बसपार्कका लागि भनेर बजेट बिनियोजन गरिएको थियो । तर, बस पार्क हालसम्म अलपत्र छ । जुन बजारबाट करिव एक सय मिटर टाढा छ । हालसम्म प्रयोजनमा आउन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *