घर आँगनमै सामाजिक सुरक्षा भत्ता पाउँदा धनकुटाको महालक्ष्मी नगरवासी दंग (भिडियो रिपोर्टसहित)

२०७९ असोज १२ गते १७:४५
घर आँगनमै सामाजिक सुरक्षा भत्ता पाउँदा धनकुटाको महालक्ष्मी नगरवासी दंग (भिडियो रिपोर्टसहित)

१२ असोज २०७९ धनकुटा । ज्येष्ठ नागरिकसहित फरक क्षमता भएका र एकल महिलाको जीवनयापन सहज होस् भनेर सरकारले बैंकमार्फत् सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको छ । तर, भत्ता पाउन समस्या भोग्दै आएका नागरिकलाई मध्यनजर गर्दै धनकुटाको महालक्ष्मी नगरपालिकाले भने बैंकसँग सहकार्य गरेर टोल(टोलमै पुगेर भत्ता वितरण गर्दै आएको छ ।

उहाँ केदारबहादुर बर्देवा । सधैँ सामाजिक सुरक्षा भत्ता लिन सकस भोग्दै आउनुभएका उहाँलाई आजभोलि निकै सहज भएको छ ।

धनकुटाको महालक्ष्मी नगरपालिकाले बैंकसँग समन्वय गरेर टोलटोलमा भत्ता वितरण गरिदिएपछि उहाँहरूको समय पनि बचत भएको छ । सोही नगरपालिकाकी चन्द्रकुमारी सार्की पनि अशक्त र वृद्धवृद्धाका लागि निकै सहयोगी भएको बताउनुहुन्छ ।

राष्ट्रिय वाणिज्य बैंसँगको सहकार्यमा नगरपालिकाले गाउँगाउँ र वडावडा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ । भत्ता बाँड्न नगरपालिकाले आफ्नै सवारीसाधनमा कर्मचारी खटाएको छ ।

गाउँमा सडक सञ्जाल भएपनि सवारी साधन अझै पुग्न सकेका छैनन् । गाउँसम्म सवारी नपुग्दा बैंक पुगेर सामाजिक सुरक्षा भत्ता लिन निक्कै असहज हुँदै आएको छ । यसैलाई ध्यानमा राखेर बैँक र नगरपालिकाबीच भएको सहकार्यले सहज बनाएको छ ।

नौ वडा रहेको नगरपालिकामा करिव दुई हजार लाभग्राही छन् । ७२ टोलमा पुगेर भत्ता वितरण हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *