चाडपर्वमा हुने अपराध रोक्न कञ्चनपुर प्रहरीको यस्तो सक्रियता (भिडियो रिपोर्टसहित)
२०७९ असोज १२ गते १४:५४
१२ असोज २०७९ कञ्चनपुर । दशैं तिहारलाई लक्षित गरी जिल्लाभर हुने विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सक्रियता बढाएको छ ।
कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीमा प्रहरीले तालिम प्राप्त कुकुर प्रयोग गरेर सुरक्षा जाँच बढाएको हो । जिल्लाभरी एक हजार प्रहरी परिचालन गरिएको छ ।
चाडपर्वकै बेला चोरी, डकैती, लागुऔषध र गुण्डागर्दी बढी हुने भएकाले प्रहरीले विशेष चेकिङ गर्ने गरेको छ ।
प्रतिक्रिया