लालपूर्जा पाएको २४ वर्षसम्म पनि जग्गाकाे स्वामित्व नपाएपछि (भिडियो रिपोर्टसहित)

२०७९ असोज ११ गते १७:४२
लालपूर्जा पाएको २४ वर्षसम्म पनि जग्गाकाे स्वामित्व नपाएपछि (भिडियो रिपोर्टसहित)

११ असोज २०७९ धनकुटा । धनकुटाको महाभारत गाउँका केही परिवारलाई २०५५ सालमै तत्कालीन सुकुम्वासी समस्या समाधान आयोगले जग्गाको लालपूर्जा दियो । तर लालपूर्जा पाएको २४ वर्ष भइसक्दा पनि जग्गा सरकारी श्रेस्तामा नहुँदा स्वामित्व लिन पाएका छैनन् ।

धनकुटाको साँगुरीगढी गाउँपालिका–८ महाभारतका गंगाबहादुर खुलालको नाममा भएको लालपूर्जामा ४ रोपनी जग्गा छ । तर, उहाँको जग्गाको न त स्वामित्व नै छ, न नक्सा पास प्रमाणीकरण स्रेस्ता नै । न जग्गा विक्री गर्न सक्नुहुन्छ न त अंशबण्डा नै लगाउन सक्नुहुन्छ । बैँकिङ्ग प्रयोजनका लागि समेत जग्गा प्रयोग गर्नबाट उहाँ वञ्चित हुनुहुन्छ ।
द्यथतभ

सोही वडाका नन्दकुमार राई, नरवहादुर खनाल, गंगाश्वरी राई, इन्द्रवहादुर राई लगायत १३ जनाको पनि समस्या खुलालको जस्तै छ । २०५५ सालमा गठित सुकुम्बासी समाधान आयोगले सबैलाई प्रतिव्यक्ति चार रोपनी जग्गाको दरले लालपुर्जा वितरण गरेको थियो । तर, सरकारी श्रेस्तामा नहुँदा स्वामित्व भने छैन ।

भूमि आयोग जिल्ला समितिले लालपुर्जा भएपनि स्वामित्व नभएकाका लागि गत वैशाखमा ३५ दिने सूचना जारी गर्यो । सूचनाको आधारमा १ सय ३२ जनाले निवेदन दिए । लालपुर्जा भएर पनि स्वामित्व नपाएकाको वास्तविक तथ्यांक छैन । कतिले निवेदन दिएका छन् । कतिले दिएका छैनन् । त्यस्ताको संख्या पाँच सय भन्दा बढी भएपनि निवेदन भने न्यून छ । अहिले आयोग समस्या भएकालाई समेट्ने प्रयास गरिरहेको छ ।

स्वामित्व नहुँदा अधिकांशले तिरो तिर्न पाएका छैनन् । उद्यम गर्न, उपयोग गर्न पाएका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *