आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना, तटीय क्षेत्रका बासिन्दा सतर्क रहन आग्रह

हिमालय टिभी
२०७९ असोज ९ गते ९:३१
आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना, तटीय क्षेत्रका बासिन्दा सतर्क रहन आग्रह

९ असोज २०७९ काठमाडौं । आज दिउँसो देशभरका थोरै ठाउँमा निकै ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

गएरातिदेखि नै ठूलो पानी पार्ने प्रणाली सक्रिय भएकाले आज दिउँसो विशेषगरी सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा निकै ठूलो पानी पर्ने तथा कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एकदुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका हुन् ।

मौसमविद् हिरा भट्राईले सुदूरपश्चिमको कञ्चनपुर र कैलाली तथा लुम्बिनी प्रदेशको बाँके, बर्दिया र दाङका थोरै स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको बताउनुभयो । उहाँका अनुसार ठूलो पानी पार्ने प्रणाली आज राति नै कमजोर हुने देखिन्छ । तर मनसुन बाँकी नै रहेकाले हल्कादेखि मध्यम वर्षा भने भइरहने उहाँको भनाइ छ ।

यसैबीच राति देशका विभिन्न ठाउँमा भारी वर्षा भएकाले नदी तटीय क्षेत्र आसपासका बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले झापाको केचना, चन्द्रगढी, विर्तामोड, शनिश्चरे, कन्काई गैडेलगायत झापा इलामको सीमा क्षेत्रमा भारी वर्षा भएको र थप हुने देखिएकाले मेची, विरिङ, निन्दा, बक्राह, मावा रतुवा, अदुवा खोला आसपास बाढी आउन सक्ने भन्दै दिउँसो १२ बजेसम्म सतर्क रहन अनुरोध गरेको छ ।

डडेलधुराको गैबन्दे, जोगबुढा र केही स्थान तथा कञ्चनपुर, कैलाली, बर्दीया, झापा, मोरङ, सुनसरी र सप्तरीका केही स्थानमा भारी वर्षा भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन पनि महाशाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *