लिलामी प्रक्रियाअघि नबढ्दा भन्सारमै सड्दै सवारी साधन (भिडियो रिपोर्टसहित)

२०७९ असोज ५ गते १८:१६
लिलामी प्रक्रियाअघि नबढ्दा भन्सारमै सड्दै सवारी साधन (भिडियो रिपोर्टसहित)

५ असोज २०७९ कञ्चनपुर । कञ्चनपुर भन्सार कार्यालयमा लिलामी प्रक्रियाअघि नबढ्दा सवारी साधन थन्किएका छन् । विभिन्न कसुरमा नियन्त्रणमा लिइएका सवारीसाधन निश्चित समयपछि लिलाम गर्नुपर्ने हुन्छ । तर, भन्सार कार्यालयले लिलामीको प्रक्रिया अघि नबढाउँदा करोडौँ मूल्यका सवारी कवाडीमा परिणत हुँदै गएका छन् ।

भन्सारले बुझेका यी सवारी साधन निश्चित प्रक्रिया पूरा गरेर लिलाम बिक्री प्रक्रिया अघि बढाउनुपर्ने हुन्छ । तर, कञ्चनपुर भन्सार कार्यालयले चार वर्षदेखि सवारी लिलामी गर्न सकेको छैन । लिलामी नहुँदा सवारी कवाडी बन्ने अवस्थामा पुगेका छन् । करोडौँ रुपैयाँ राजस्व गुम्ने खतरा छ ।

सवारी साधन थोत्रिँदा त्यसको लिलामीका लागि मूल्यांकन पनि घट्दै जान्छ । करिव ४ सय दुई पाङ्ग्रे र २० वटा चार पाङ्ग्रे सवारी साधन भन्सार परिसरमै थुपारिएको छ । कतिपय सवारी साधन धुलोका कारण चिन्नै नसकिने अवस्थामा छन् भने कतिपयको पार्टपूर्जासमेत थोत्रा भएका छन् ।

तर, अहिलेसम्म लिलामी प्रक्रिया अघि बढ्न सकेको छैन । यसका कारण सवारीको मूल्यमा ह्रास आउने र राजस्व संकलनमा घाटा लाग्ने भन्सार प्रमुख आफैँ स्वीकार गर्छन् ।

सवारी राखेको ठाउँनै झाडी जस्तै बनेको छ । अधिकांश गाडी प्रहरीको सुराकीको सूचनाका आधारमा नियन्त्रणमा लिइएको हो । यसरी सूचना दिने व्यक्तिले भन्सारबाट सवारी लिलामी भएपछि कमिसन पाउने गर्दछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *