खाद्यान्न पाउनै मुस्किल हुने मुगुमा दशैँतिहार सुपथ मूल्य पसल सञ्चालनमा (भिडियो रिपोर्टसहित)

२०७९ असोज ५ गते १८:०४
खाद्यान्न पाउनै मुस्किल हुने मुगुमा दशैँतिहार सुपथ मूल्य पसल सञ्चालनमा (भिडियो रिपोर्टसहित)

५ असोज २०७९ मुगु । सरकारले देशभर दसैँतिहार लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । मुगुमा पनि अहिले सुपथ मूल्यमा चामल विक्री शुरु गरिएको छ । तर, चामल भने पर्याप्त छैन ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुगुले असोज १ गतेबाट सुपथ मूल्यमा चामल तथा दाल विक्री सुरु गरेको छ । खाद्य कम्पनी मुगुले चामल र दालमा प्रतिकिलो ७ रुपयाँका दरले छुट दिएर विक्री शुरु गरेको छ ।

यसले नागरिकलाई केही राहत दिएको छ । छुट मूल्यका चामल पाउन सेवाग्राहीले नागरिकताको प्रतिलिपी लिएर गए प्रति व्यक्ति ५० केजी चामल, दाल, तेल पाउने गरेका छ्न् । तर, मुगुमा यो सेवा चाडपर्वमा मात्र नभई अन्य समयमा समेत गर्नुपर्ने मुगुबासीको माग छ ।

कम्पनीले मुगुमा ६ प्रकारका चामल र १ प्रकारको दाल सुपथ मूल्यमा बिक्री गरिरहेको छ । चाडपर्वलाई लक्षित गरी मुगु शाखाले १५ सय क्विन्टल चामल सहुलियत मुल्यमा विक्री गर्ने योजना बनाएको छ । तर मुगुका लागि १५ सय क्विन्टल चामल भने अपुग छ ।

सुपथ पसल सञ्चालन गरेर खाद्यान्न वितरण गर्दा केही हदसम्म मुगुवासीलाई सहज भएको छ । तर, पर्याप्त मात्रामा सामान नपाउँदा भने मुगुवासी सधैँ निराश हुने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *