कैलालीको मोहन्याल गाउँपालिकामा पहिरोका कारण एक सय घरमा क्षति (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असोज ३ गते १६:१४
कैलालीको मोहन्याल गाउँपालिकामा पहिरोका कारण एक सय घरमा क्षति (भिडियो रिपोर्टसहित)

३ असोज २०७९ कैलाली । कैलालीको मोहन्याल गाउँपालिकामा पहिरोका कारण एक सय घरमा क्षति भएको छ ।

बिहीबारदेखिको अविरल वर्षाका कारण पहिरो जाँदा एक सय घरमा क्षति भएको हो । पहिरोका कारण विस्थापित भएका मोहन्यालका बासिन्दाले स्थानीय सरकारसँग राहत र पुनर्स्थापनाको माग गरेका छन् ।

गाउँपालिकाले पीडितका लागि अस्थायी आश्रम र राहतको काम गरिरहेको छ ।

गाउँपालिकाको कसेनी, ज्यामिरे, जुतेसुली, माल्चाना, नौलाकोट, कुइने, फर्सादाइ, खैरेनी, ओखडेकोट , बढिगाउ, कचाली, बाका, लगायतका क्षेत्रमा पहिरोले क्षति पुर्‍याएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *