महिला साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल र बङ्गलादेश भिड्दै

हिमालय टिभी
२०७९ असोज ३ गते ९:११
महिला साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल र बङ्गलादेश भिड्दै

३ असोज २०७९ काठमाडौं । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज प्रतिस्पर्धा हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने फाइनल खेलमा घरेलु टोली नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ । नेपाल र बङ्गलादेशबीचको खेल साँझ ५ बजे सुरु हुनेछ ।

महिला साफको १२ वर्षे इतिहासमा नेपाल र बङ्गलादेश पहिलो पटक फाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । आजको खेलबाट साफले नयाँ च्याम्पियन टोलीसमेत पाउनेछ ।

नेपाल ४ पटक उपविजेता बन्दा बङ्गलादेश १ पटक उपविजेता बनेको छ । आजको खेल दुबै टोलीका लागि निकै महत्वपूर्ण मानिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *