बजेट अभावले रोकियो नग्मा-गमगढी सडकको स्तरोन्नति (भिडियो रिपोर्टसहित)

२०७९ असोज १ गते १८:२१
बजेट अभावले रोकियो नग्मा-गमगढी सडकको स्तरोन्नति (भिडियो रिपोर्टसहित)

१ असोज २०७९ मुगु । बजेट अभावले कर्णाली राजमार्गअन्तर्गतको नाग्मा–गमगढी सडकको स्तरोन्नतिको काम प्रभावित भएको दुई वर्ष भयो । संघीय सरकारले सडक स्तरोन्नतिका लागि विनियोजित रकम सकिएपछि सडक बनेको छैन । सडक नबन्दा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ ।

मुगालीका लागी २०७८ साल असोज २६ गते कालो दिन बन्न पुग्यो । कारण सडक दुर्घटनामा छायाँनाथ रारा नगरपालिका ७ तपने खोलामा ३३ जनाको ज्यान गयो । त्यसयता कर्णाली राजमार्गमा यात्रा गर्ने यात्रु र रारा घुम्न आउने पर्र्यटक डराई डराई यात्रा गरिरहेका छन् ।

लामो समयदेखि नाग्म गमगढी सडकको न्यूनतम मापदण्ड ग्राभेल, पानीका नाला, ढल, कल्भर्ट व्यवथिस्त नहुँदा हिलाम्य सडकमा जोखिम मोलेर यात्रा गरिरहेका छन् । २०६९ साल पुस १ गते मुगु सडक सञ्जालमा जोडिएको भए पनि हालसम्म सडकको स्तरोन्नती भएको छैन ।

सडक गोरेटो बाटो जस्तै देखिन्छ । नाग्म गमगढी सडक हिलाम्य हुँदा जीप, बस, मालबाहक ट्रक, मोटरसाइकल चालक निकै सास्ती खेप्ने गर्दछन् ।

सडक खण्ड फराकिलो बनाउने नाममा सडक डिभिजन कार्यालयले डोजर लगाएर खन्दा झन् हिलाम्मे भएको छ । सडक सञ्चालनमा आएको १० वर्ष भइसक्दा पनि सडक कालोपत्रे नहुँदा सडक सास्ती बढेको नागरिक समाजको निष्कर्ष छ ।

नाग्म गमगढी–सडक खण्डको लम्बाई ९४ किलोमिटर हो । सडक निमार्णमा अर्बौ रकम विनियोजन हुन्छ । तर, मुगुका सडक बन्दैनन् । न त कालोपत्रे हुन्छन् ।

उता, मुगुलाई तिब्बतसँग जोड्न गमगढी–नाक्चेनाङ्ला सडक निर्माणको काम सुरु गरिए पनि निर्माणको काम लामो समयदेखि अलपत्र छ । २०६३ सालदेखि निर्माण थालिएको सडकमा अहिलेसम्म १७ किमि मात्र ट्रयाक खोलिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *