कञ्चनपुरमा बाढीले झोलुङ्गे पुल बगायो

हिमालय टिभी
२०७९ असोज १ गते १७:२९
कञ्चनपुरमा बाढीले झोलुङ्गे पुल बगायो

१ असोज २०७९ कञ्चनपुर । कञ्चनपुरमा अविरल वर्षापछि आएको बाढीले झोलुङ्गे पुल बगाएको छ ।

बाढीले शुक्लाफाँटा नगरपालिका–१२ स्थित बनहरा नदीको झोलुङ्गे पुल बगाएको हो । सो पुलले तिलकी र देखतभूलीलाई जोडेको थियो ।

तीन वर्षअघि उक्त नदीमा झोलुङ्गे पुल निर्माण गरिएको हो । बाढीले पुल बगाएपछि स्थानीयलाई आवत जावत गर्न गाह्रो भएको छ । नदीको दुवैतर्फको आवागमन अहिले ठप्प रहेको स्थानीय लक्ष्मण चौधरीले जानकारी दिनुभयो । बाढीले सो क्षेत्रमा निरन्तर कटान गरिरहेको छ ।

बाढीले नदी किनारका बस्तीमा क्षति पु-याएको छ । शुक्लाफाँटा–१२ मा बाढीले गाईवस्तुसमेत बगाएको छ । नदी किनारका वस्ती डुबानमा परेका छन् । बाढीका कारण कृष्णपुर, लालझाडी, बेलौरीलगायत क्षेत्रका वस्ती डुबानमा परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *