Main News
आज देशका विभिन्न भागमा वर्षाको सम्भावना
२०७९ भदौ १९ गते ९:३०

१९ भदौ २०७९ काठमाडौं । आजदेखि पर्सिसम्म मलुकका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनी न्यून चापीय प्रणाली नेपालको पूर्वी क्षेत्र नजिकै रहेकाले मौसम बदली भइ हाल देशका अधिकांश ठाउँमा वर्षा भइरहेको छ ।
यसको असर कर्णाली र सुदूरपश्चिममा भने केही कम पर्ने महाशाखाले जनाएको छ । आज प्रदेश–१ का केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अन्य प्रदेशमा भने हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ ।
प्रतिक्रिया