Main News
प्रतिनिधि सभाको बैठक आज बस्दै
२०७९ भदौ १९ गते ८:४२

१९ भदौ २०७९ काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो २ बजे डाकिएको बैठकमा प्रतिनिधिसभाअन्तर्गतका विभिन्न समितिका सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची छ ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १३ बमोजिम गठित कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको मनोनयन गर्ने व्यवस्था छ ।
यस्तै संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५ को नियम २५ र २७ बमोजिम गठित समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने तयारी छ।
प्रतिक्रिया