नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध
२०७९ भदौ १७ गते ९:४१
![नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध](https://www.himalayatv.com/wp-content/uploads/2020/07/Muglin-Narayangadh-Pahiro-Road-Block.jpg)
१७ भदौ २०७९ चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । आज बिहान ८ बजे सडकखण्डको केराबारी र १८ किलोमा पहिरो खसेको हो ।
जिल्ला प्रहरी कार्यालयल चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दुवै ठाउँमा लेदोसहितको पहिरो खसेको छ । निरन्तरको वर्षात्का कारण पहिरो झर्ने क्रम रोकिएको छैन ।
पहिरो पन्छाउनका लागि समन्वय भइरहेको उहाँले बताउनुभयो । पहिराका कारण सो सडकखण्ड भएर चल्ने सवारीसाधन रोकिएका छन् । सोही स्थानमा बिहीबार बिहान खसेको पहिरो दिउँसो पन्छाएर सडक सञ्चालमा ल्याइएको थियो ।
प्रतिक्रिया