Main News

फन पार्क प्रालिले दियो महानगरले कर तिर्न २४ घण्टे अल्टिमेटम

हिमालय टिभी
२०७९ भदौ १५ गते १६:५३
फन पार्क प्रालिले दियो महानगरले कर तिर्न २४ घण्टे अल्टिमेटम

१५ भदौ २०७९ काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रदर्शनी मार्गमा रहेको काठमाडौं फन पार्क प्रालिलाई कर तिर्न २४ घण्टे अल्टिमेटम दिएको छ ।

महानगरको राजस्व विभागले फन पार्कलाई पत्राचार गर्दै २४ घण्टाभित्र व्यवसाय, बहाल, मनोरन्जन र विज्ञापन कर तिर्न निर्देशन दिएको हो ।

तोकिएको समयभित्र कर नतिरे फनपार्क शिलबन्दी गरी असुल उपर गरिने चेतावनी पनि महानगरले दिएको छ । व्यवसाय कर र बहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन तथा मनोरञ्जन कर महानगरको राजस्व विभागमा २४ घण्टाभित्रै बक्यैता र जरिवाना रकम तिर्न जानकारी गराइन्छ ।

महानगरका राजस्व विभाग प्रमुख डाक्टर शिवराज अधिकारीमार्फत गरिएको पत्राचारमा भनिएको छ । समाज कल्याण परिषद्को स्वमित्वमा रहेको उक्त क्षेत्रमा काठमाडौं फनपार्क पार्क प्रालिले भाडामा भौतिक संरचनाहरु निर्माण गरेर खेल गतिविधि सञ्चालन गर्दै आएको छ ।

काठमाडौं फनपार्क नेपाली कांग्रेसका नेता एवं पूर्वश्रमराज्य मन्त्री टेकबहादुर गुरुङको कम्पनी हो ।

सामाज कल्याण परिषद्को भृकुटीमण्डपस्थित फनपार्क रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बद्री न्यौापने र टेकबहादुर गुरुङसहित १४ जनाविरुद्ध यस अघि भ्रष्टाचार मुद्दा समेत दायर गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *