तीजमा नाचगान गर्दा चट्याङ लागेर दुई जनाको मृत्यु

२०७९ भदौ १५ गते १३:५८
तीजमा नाचगान गर्दा चट्याङ लागेर दुई जनाको मृत्यु

१५ भदौ २०७९ देउखुरी । दाङमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ ।

गए राति तीजको अवसरमा नाचगान भइरहेको समयमा घोराही उपमहानगरपालिका–१२ गुरौमा चट्याङ लागेर उनीहरुको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार चट्याङ लागेर १२ महिला घाइते भएका छन् ।

उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर छ । घटनास्थल टेलिफोनको समस्या भएकाले थप जानकारी प्राप्त हुन नसकेको प्रवक्ता गौतमले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *