तीजको नाच हेर्ने क्रममा भएको झडपमा सुर्खेतमा एक जनाको मृत्यु

हिमालय टिभी
२०७९ भदौ १५ गते ७:२९
तीजको नाच हेर्ने क्रममा भएको झडपमा सुर्खेतमा एक जनाको मृत्यु

१५ भदौ २०७९ सुर्खेत । सुर्खेतमा तीजको नाच हेर्ने क्रममा झडप हुँदा एकजनाको मृत्यु भएको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बामेखोलामा तीजको नाच हेर्ने क्रममा झडप भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रहरीका अनुसार झडपको क्रममा कुटपिट गर्दा रोशन जीसीको घटनास्थलमै मृत्यु भएको हो । कुटपिटबाट मृतक जीसीको टाउकोमा चोट लागेको थियो ।

घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता सुरज कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *