कक्षामा हाँसेको भन्दै विद्यार्थीलाई कुटपिट (भिडियो रिपोर्टसहित)

२०७९ भदौ १४ गते २०:५९
कक्षामा हाँसेको भन्दै विद्यार्थीलाई कुटपिट (भिडियो रिपोर्टसहित)

१४ भदौ २०७९ बुटवल । बेलाबखत शिक्षकले विद्यार्थीलाई पिटेका घटनाहरू सार्वजनिक भइरहन्छन् । विद्यालयमा शारीरिक एवम् मानसिक सजाय दिने क्रम रोकिएको छैन ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ८ मा दीप बोर्डिङ हाई स्कुलका शिक्षकले कक्षा कोठामा हाँसेको भन्दै १० कक्षा पढ्ने छात्रलाई कुटपिट गरेका छन् ।

जेनित रायमाझी । शिक्षकले कुट्नुको कारण जानकारी दिँदै । कक्षा कोठामा हाँसेकै भरमा विद्यार्थी कुट्न पाइन्छ ? यही प्रश्न गर्न प्रधानाध्यापकसामु जाँदा उल्टै अभिभावकले दुर्व्यवहार खेप्नु पर्‍यो ।

कुटपिटबाट जेनितको दाँतमा असर पुगेको छ भने चिकित्सकले १५ दिन आराम गर्न सुझाएका छन् । परिवारले भने जस्तो कुनै दुर्व्यवहार नगरेको प्रधानाध्यापकको प्रष्टीकरण छ । घटनाबारे विद्यालयले आन्तरिक छानबिन थालेको छ ।

विद्यार्थीलाई शान्त वातावरणमा पढाउनुपर्ने र विद्यार्थीबाट कुनै गल्ती गरे अभिभावकलाई जानकारी गराएर सुधार गर्नुपर्ने सरोकारवालाको भनाइ छ ।

अनुशासनात्मक नियमहरू बनाउने, उचित परामर्श दिने जस्ता कुरा पिटाइभन्दा ज्यादा प्रभावकारी हुने कुरा विभिन्न अनुसन्धानले देखाएको छ । कतिपय अवस्थामा शिक्षक यी विषयमा जानकार हुँदाहुँदै पनि विद्यार्थीलाई मानसिक तथा शारीरिक यातना दिने क्रम भने बढिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *