हरितालिका तीजमा सार्वजनिक बिदा

२०७९ भदौ १४ गते ७:०६
हरितालिका तीजमा सार्वजनिक बिदा

१४ भदौ २०७९ दमौली । हरितालिका तीज पर्वको अवसरमा तनहुँका तीन स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाले हरितालिका तीज पर्वको अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।

व्यास नगरपालिका तथा नगरपालिकाअन्तर्गत सम्पूर्ण कार्यालय, सामुदायिक एवं निजी शैक्षिक संस्था, स्वास्थ्य संस्था (अत्यावश्यक बाहेक) र अन्य सङ्घसंस्थामा भदौ ७ गतेको बैठकको निर्णयअनुसार सार्वजनिक बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिनुभयो ।

यसैगरी शुक्लागण्डकी नगरपालिकाले पनि तीजको अवसरमा मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उक्त दिन नगरपालिकाको कार्यालय, वडा कार्यालय, सबै विद्यालय र नगरपालिकाभित्र सञ्चालित बैंक तथा वित्तीय संस्थामा बिदा रहने जनाइएको छ ।

नगरप्रमुख कृष्णराज पण्डितले हरितालिका तीजको शुभकामना दिँदै सभ्य रुपमा तीज मनाउन आग्रह गर्नुभएको छ । म्याग्दे गाउँपालिकाले पनि हरितालिका तीज पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *