बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ हेर्नेको संख्या बढ्दै (भिडियो रिपोर्टसहित)

२०७९ भदौ १३ गते १८:१९
बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ हेर्नेको संख्या बढ्दै (भिडियो रिपोर्टसहित)

१३ भदौ २०७९ बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकले कुनै समय बाघ नै देख्न पाउँदैन थिए । जे हेर्नका लागि निकुञ्ज घुम्ने गरिन्थ्यो त्यही नपाउँदा पर्यटक खिन्न हुनुपर्थ्यो । तर, अहिले निकुञ्जमा दुर्लभ पाटे बाघ प्रशस्तै देख्न सकिने भएसँगै निकुञ्ज घुम्न आउने पर्यटकको संख्या बढेको छ ।

विश्वप्रसिद्ध ट्राभल गाइड लोल्नी प्लानेटले विश्वमै दुर्लभ पाटे बाघ हेर्न सकिने १० गन्तव्यको सूचीमा बर्दिया राष्ट्रिय निकुन्जलाई समावेश गरिदियो । हुन पनि विश्वकै दुर्लभ पाटे बाघ पाइने हुँदा बर्दिया पछिल्लो समय वन्यजन्तु प्रेमी र पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

बर्दिया राष्ट्रिय निकुन्जमा बाघको संख्या बढेर १ सय २५ पुगेको छ । पर्यटकले निकुञ्ज घुमेको एक घण्टामै बाघ देख्न सक्छन् ।

निकुञ्ज अवलोकन गर्न आउनेलाई कुनै समय बाघ देखाउनै मुस्किल पर्दथ्यो । तर, अहिले भने जुनसुकै बेला पनि जंगल सफारी गराएर बाघ अवलोकन गराउन सकिन्छ । बाघ अवलोकनका लागि देश विदेशबाट पर्यटक आउने क्रम बढ्दा होटल तथा पर्यटन व्यवसायी पनि खुसी छन् ।

संख्या बढेसँगै बाघको संरक्षणमा क्रियाशिल सरकारी निकाय तथा संघ संस्था पनि उत्साहित छन् ।

बर्दिया निकुन्जको कर्णाली तटीय क्षेत्र बाघ अवलोकनका लागि उत्कृष्ट गन्तव्यस्थल हो । तर, जैविक विविधता संरक्षण अभियान र वन्यजन्तुको संख्यात्मक वृद्धिसँगै मानव वन्यजन्तुबीचको द्वन्द्व पनि बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *